यी कलाका हस्ती ‘भ्यालेन्टाइन-डे’ नजिकिँदै गर्दा हुरुक्कै ! (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १९ माघ आईतवार
no img

नेपाली सांगीतिक क्षेत्रका ‘मेगास्टार’ राजेशपायल राईको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ‘हुरुक्कै भए म’ बोल गीतको भिडियोमा नेपाली फिल्मका लोकप्रिय अभिनेता दयाहाङ राई र चर्चित मोडल एलिशा राईले अभिनय गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमार्फत मायाप्रेम रुपरंगले मात्र नभएर मन र आत्माले हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । प्रेम दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’ नजिकिँदै गर्दा गायक राजेशपायलले ‘हुरुक्कै भए म’ सार्वजनिक गरेका हुन् ।
एल्बम ‘सेवान्ने’मा समावेश उक्त गीतको भिडियोलाई राजेशपायलले आफ्नै कम्पनी ‘दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रा.लिको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको हो ।
कवि तथा गीतकार राजन मुकारुङ शब्द तथा दिनेशकाजी वान्तावाको संगीत रहेको यस गीतको भिडियो अभिनेता दयाहाङ बोल्न र सुन्न नसक्ने युवकको भूमिकामा देखिएका छन् । तर, बोल्न नसकेपनि शिक्षिकाको भूमिकामा देखिएकी अलिशालाई भित्रभित्रै प्रेम गर्छन् । दयाहाङले बोलेर अलिशासँग आफ्नो प्रेम व्यक्त गर्न कलाको प्रयोग गर्छन् । त्यसैले भिडियोले सच्चा प्रेम गर्नका लागि बोल्नैपर्छ भन्ने छैन भन्ने भिडियोका सार रहेको छ ।
‘हुरुक्कै भए म’को यस भिडियोलाई एकपटक हेरेपछि ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलमात्र नभएर १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन–डेको पर्खाइका रहेका युवा दर्शक पनि पक्कै ‘हुरुक्कै’ हुनेछन् ।
किरण चाम्लिङ राईको निर्देशन र सम्पादन अनिल रानाको रहेको यस भिडियोलाई भूपेन्द्र तुम्बाम्फेले छायाँकन गरेका हन् । भिडियोमा अन्तिममा राजेशपायल राई आफै पनि देखिएका छन् । उनी किराती राईहरुकै मौलिक पहिरनमा देखिएका छन् ।

https://www.youtube.com/watch?v=nybbwEg6qYE&feature=emb_title
Comments