‘हेरिटेज पेजेन्टस्’का लागि खुल्यो आवेदन
screennepal
प्रकाशित: २०७६, १५ माघ बुधबार
no img

अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट प्रा।लिले मंगलबार बिज्ञप्ती जारी गर्दै ‘हेरिटेज पेजेन्टस–२०२०’का लागि आवेदन खुल्ला भएको जनाएको हो ।
सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको जनाइएको छ । प्रतियोगिताका सहभागी र विजेताको दायित्व, कर्तब्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।
यस पटकको ‘हेरिटेज् पेजेन्टस्–२०२०’अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल–२०२० को दुई उपाधि लागि प्रतिस्पर्धा हुनेछ ।
नेपाललगायत विश्वका ४० मुलुकका पचास प्रतिस्पर्धीहरुको सहभागीता रहेने प्रतियोगीतामा यो बर्ष मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुनेछ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा १८ अप्रिलमा एक भब्य समारोहबिच आयोजना बताइएको छ ।

प्रतियोगितामा सहभागीका लागि मिसतर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर हद तोकिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
सिंगापुरका सुसान कोहको संयोजन रहने प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन्, भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफी रहने आयोजले जनाएको छ ।
सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा।लिले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल–२०१४’मा थालनी गरेको थियो । ‘हेरिटेज् पेजेन्टस्–२०२०’ त्यस्तको निरन्तरता हो ।

Comments