ओस्कारमा ‘जोकर’ ११ विधामा मनोनयन
screennepal
प्रकाशित: २०७६, २९ पुष मंगलवार
no img

एजेन्सी । यस वर्षको ‘ओस्कार’को मनोनयन सार्वजनिक भएको छ । फिल्मी दुनियाँको सर्वश्रेष्ठ एकेडेमिक फिल्म अवार्ड ‘ओस्कार’को मंगलबार मनोनयन सार्वजनिक गरिएको हो । यस वर्ष ‘ओस्कार’मा फिल्म ‘जोकर’ सर्वाधिक धेरै ११ विधामा मनोनित भएको छ ।
‘जोकर’ ‘उत्कृष्ट फिल्म’, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनित भएको हो । यस्तै, ‘द आइरिसम्यान’, ‘१९१७’ तथा ‘वान्स अपन अ टाइम इन हलिउड’ १०–१० विधामा मनोनित भएका छन् ।
पछिल्लो साता सार्वजनिक भएको ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि फिल्म ‘जोकर’ ११ विधामै मनोनयनमा परेको थियो । उत्कृष्ट फिल्मको सूचिमा ‘जोकर’सँगै ‘द आइरिसम्यान’, ‘१९१७’, ‘प्यारासाइट’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’ प्रतिस्पर्धामा छन् ।
यस्तै, उत्कृष्ट अभिनेतातर्फ ‘जोकर’का जोओकिन फिनिक्ससँगै ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर, वान्स अपन अ टाइम’बाट लियोनार्दो डि क्याप्रियो’, ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो बेन्डरस र ‘द टुपोप्स’बाट जोनाथन प्राइस प्रतिस्पर्धामा छन् ।
यसैगरी अभिनेत्रीतर्फ सिन्थिया एरिभो, चार्लिज थेरान र रेने जेलवेगर मनोनयनमा परेका छन् । अभिनेता ब्राट पिट ‘वान्स अपन अ टाइम’ इन हलिउडबाट सह–अभिनेताको मनोनयनमा परेका छन् ।

Comments