निराजन-डिम्पलको अनस्क्रिन रोमान्स (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २३ पुष बुधबार
no img

गायक प्रमोद खरेलद्धारा स्वरबद्ध ‘तिमी बिना’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमार्फत डिम्पल योङहाङले मोडलिङ डेब्यु गरेकी छन् ।
निर्मला सुहाङको निर्माण रहेको उक्त भिडियोमा डिम्पलले चर्चित मोडल निराजन प्रधानसँग स्क्रिन सेयर गरेकी छ । अभिनयमा रुची राख्दै आएकी इलामकी डिम्पल हाल त्रिचन्द्र क्याम्पसमा मानविकी संकायमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् ।
पहिलो अभिनीत भिडियोबाटै डिम्पलले एक कुसल मोडलको उदारहण पेस गरेकी छन् । हालै रिलिज गरिएको उक्त म्युजिक भिडियोले छोटो समयमै राम्रो भ्युज पाइरहेको छ ।
उक्त गीतमा शब्दरचना रोर्वट शिप्तुंगाको रहेको छ भने संगीत संयोजन सुनिल राईले गरेका छन् । सुनिलले यसअघि पनि दर्जनौँ गीत तथा गजलमा संगीत गरिसकेका छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमीले आफ्नी प्रेमिकाप्रति दर्साएको मायालाई कलात्मक ढंगले उतारिएको छ ।

Comments