‘पिस म्युजिकल कन्सर्ट’मा राजेशपायल र फूलेन्देकी आमा
screennepal
प्रकाशित: २०७६, १२ पुष शनिबार
no img

नेपाली गायन क्षेत्रमा मेगास्टार राजेशपायल राईले मोरङको नलबारी तताउने भएका छन् । पुसको जाडा छिप्पिदै गइरहेका बेला राजेशपायल राईलगायतका चर्चित कलाकारलाई लिएर स्थानीय शान्ति युवा समूहले सांगीतिक कार्यक्रम गर्दैछ । ‘से नो टु ड्रक्स’ भन्ने नारा दिइएको कार्यक्रम यही २५ पुसमा हुने आयोवकले जनाएको छ ।
आयोजकसंस्था शान्ति युवा समुहले पत्रकार सम्मेलन गरी उक्त साँस्कृतिक कार्यक्रमबारे जानकारी गराएको हो । आयोजकका अनुसार ‘भ्रमण बर्ष–२०२०’ लाई लक्षित गर्दै नलबारी चौकमा ‘पिस म्युजिकल कन्सर्ट’ आयोजना गर्न लागिएको हो ।
मोरङको बेलबारी–९ स्थित नलबारीमा ‘नेपाल भ्रमण बर्ष २०२०’लाई आफ्नो स्थानबाट स्वागत गर्न एवं लागुऔषधसम्बन्धी सचेतना जगाउन ‘से टु नो ड्रक्स’ म्युजिकल कन्सर्टको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
२५ पुस शुक्रबारका दिन हुने कार्यक्रममा मेगास्टार राजेशपायल राईलगायत चर्चित हास्यकलाकार उमेश राई ‘फुलेन्देको आमा’, सेरा थामी, सञ्जिब धिमाल, विनोद खम्बुलगायतका कलाकारको प्रस्तुती रहने छ । अहिले राजेशपायल सांगीतिक कार्यक्रमकै सिलसिलामा अष्ट्रेलियामा छन् । उनी अमेरिका हुँदै अष्ट्रेलिया पुगेका हुन् । अष्ट्रेलियाबाट आएलगत्तै मोरङको नलबारीमा हुने कार्यक्रममा सहभागी हुने राजेशपायलले बताए ।
त्यस्तै, कार्यक्रममा एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राई र गरिमा डान्स सेन्टर, धरानको पनि विशेष प्रस्तुती रहनेछ भने स्थानीय कलाकारको सहभागिाता रहने बताइएको छ ।
स्थानीय कला संस्कृतिको प्रचार–प्रसार एवं प्रर्वद्धन गर्न विभिन्न जातीय समुदायको सांस्कृतिक नृत्यहरुसमेत प्रर्दशन गरिने आयोजक संस्था अर्थात क्लबका पुर्वअध्यक्ष प्रकाश राईले बताए । उक्त कार्यक्रमका लागि अनुमानित १० लाख रुपैयाँ खर्च हुने धर्मराज राईले जनाए ।

Comments