चलचित्र विकास वोर्डका अध्यक्ष भट्टराईको निधन
screennepal
प्रकाशित: २०७६, ३० मंसिर सोमबार
no img

बरिष्ठ चलचित्रकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । गएराति अचानक विमारी भएपछि अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
करिब साढे १० बजे ओम अस्पतालमा र्पुयाउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए । निधनको खास कारण थाहा नभए पनि हृदयघात भएको हुनसक्ने जनाइएको छ ।
सोमबार आज बिहान १० बजेपछि भट्टराईको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुनेछ । त्यसपछि शनिबार निधन भएका अर्का अभिनेता दिपक क्षेत्री र भट्टराईको शव दिउँसो २ बजेपछि चलचित्र विकास वोर्डको कार्यालयमा अन्तिम श्रदाञ्जलीका लागि राखिने अध्यक्ष लामाले जानकारी दिए । सोमबार नै दुवै जनाको दाहसंस्कार गरिने भएको ।
५२ वर्षीय भट्टराई लामो समयदेखि नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गर्दै आएका थिए । उनी चलचित्रका निर्माता पनि हुन ्। उनी विकास वोर्डको अध्यक्ष हुनअघि जनपक्षीइ चलचित्र संघको महासचवि थिए । भट्टराई एक वर्षअघिदेखि चलचित्र विकास वोर्डको अध्यक्ष रहेका थिए । कलाकार तथा अध्यक्ष भट्टराईको निधनले चलचित्रकर्मीलाई स्तभ्ध बनाएको छ । एक कुसल अभिनेता तथा खलपात्र दिपक क्षेत्रीको निधन भएको एक दिननिवत्दै भट्टराईको निधनले चलचित्र क्षेत्रलाई अपुरणीय क्षति भएको छ ।

Comments