यस्तो एउटा फेसन शो
screennepal
प्रकाशित: २०७६, २९ मंसिर आईतवार
no img

ललितपुरको झम्सिखेलस्थित ‘सेभेन सिजन लाउञ्ज एण्ड बार’मा गत बिहीबार नेवारी संस्कृति र कला झल्काउँने फेसन शो गरिएको छ, जहाँ विभिन्न नेवारी परिकारसँगै गीतसंगीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।


नेवार सुमुदायको विशेष पर्व योमरी पुन्हीको अवसरमा उक्त कार्यक्रम आरएनआर ग्रुप र मर्निङ ग्लोरीसले संयुक्त रुपमा आयोजना गरेको हो । योमरी पर्वको प्रवद्र्धनसँगै नेवाः कला, संस्कृति र भेषभूषाको सम्वद्र्धनका लागि उक्त कार्यक्रम गरिएको आयोजकमध्ये आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् । उनका अनुसार उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो ।

Comments