ट्राफिक नियम मिच्नेलाई चकलेट
screennepal
प्रकाशित: २०७६, २७ मंसिर शुक्रबार
no img

‘मिस पुर्वाञ्चल २०१९’का २० जना प्रतियोगी बिहीबार दिउँसो इटहरी चोकमा पैदल यात्रीलाई जेब्रा क्रसिङमा हिँड्न सिकाउँदैथिए भने कोहिचाहीँ हेल्मेटको तुना नलगाई बाइक कुदाउनेलाई बाँधर हिडनुपर्छ भन्दैथिए ।
प्रतियोगीहरुलाई विभिन्न तालिम दिनेक्रममा ट्राफिक सचेतनासम्बन्धि तालिम दिँदै एकदिन स्वयमसेवकको रुपमा ट्राफिक प्रहरीसँगै खटाइएका उनीहरु दिनभरी व्यस्त भए । ट्राफिक प्रहरीको अगुवाइमा प्रतियोगीहरु बिरेन्द्र चोक, पश्चिम लाइन, पुर्व लाइन र बिराटनगर लाइनमा खटिएका थिए । उनीहरुले ६० जना जति नियम मिच्ने सवारी चालकहरुलाई फेरि यस्तो नगर्न र सम्भावित दुर्घटनाबाट बच्न अनुरोध गर्दै चकलेट वितरण गरेका थिए ।


प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पुर्वाञ्चल लुब्रिकेन्ट्स, बिराटचोकको सहयोगमा इटहरीमा गरिएको ट्राफिक सचेतना कार्यक्रम अघि प्रतियोगीहरुलाई ट्राफिक कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल र प्रहरी निरीक्षक होमनाथ दाहालले ट्राफिक नियमसम्बधि तालिम दिएका थिए । मिस पुर्वाञ्चलमा प्रतियोगीहरु अहिले विभिन्न व्यक्तित्वविकास सम्बन्धी तालिममा व्यस्त छन् ।

Comments