दीपिका एसिडपीडित बनेपछि… !(ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७६, २५ मंसिर बुधबार
no img

बलिउड फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री दीपिका पादुकोण मूख्य भूमिकामा छिन् । फिल्ममा उनी एसिडपीडित युवतीको भूमिकामा देखिएकी छन् ।
यस फिल्म एसिड आक्रमणबाट बचेकी एक युवती लक्ष्मी अग्रवालको वास्तविक जीवनमा आधारित रहेको बताइएको छ । समाचारमा बताइएको अनुसार लक्ष्मीलाई विवाह गर्न नमानेको भन्दै १५ वर्षको उमेरमा एक पुरुषले आफ्ना दुई साथीसँग मिलेर एसिड प्रहार गरेका थिए । सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन् ।
फिल्म ‘छपाक’को ट्रेलर रिलिज भएपछि अभिनेत्री दीपिकाले भनेकी छन्, ‘एसिड प्रहार गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ । यस्तो अमानवीय व्यवहारबाट कोही पनि पीडित हुन नपरोस् ।’ मेघना गुल्जारको निर्देशनमा बनेको फिल्म आगामी वर्षको जनवरी १० मा प्रदर्शनमा आउनेछ ।

Comments