‘मिस पुर्वाञ्चल’का प्रतियोगीलाई ‘एट्टिच्युड’सम्बन्धी तालिम
screennepal
प्रकाशित: २०७६, २३ मंसिर सोमबार
no img

पुस ५ गते धरानमा आयोजना हुन गइरहेको ‘मिस पुर्वाञ्चल’को दशौँ संस्करणको प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ एट्टिच्युडसम्बन्धी तालिम दिइएको छ ।
प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका ,बस्ने तरिका र कति मात्रामा खानेसँगै डाईनिङ एट्टिच्युडसम्बन्धी तालिम दिए । दुई दशकदेखि होटल म्यानेजमेन्ट क्षेत्रमा दक्खल राख्दै आएका प्रशिक्षक श्रेष्ठले मिस पुर्वाञ्चलको सुरुवाती दिनदेखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिँदै आएका हुन् ।


प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्पर्धीहरू फिनालेका तालिममा अहिले ब्यस्त छन् । यससँगै उनीहरुलाई धरान हेल्दी होमका सिईओ सुप्रिया माझीले हेल्थ टिप्स, बिपीकेआइएचएसका ऐनाटोमी डिपार्टमेन्टका डा. सरुन कोइराला र डा. सन्दिप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आँकलन तथा अनुहारको प्रकारहरुबारे प्रशिक्षण दिएका थिए ।

Comments