सिम्रन र निश्चललाई ‘रनवे ड्रिम्स’ उपाधि
screennepal
प्रकाशित: २०७६, १४ मंसिर शनिबार
no img

‘रनवे ड्रिम्स-२०१९’को शिर्ष उपाधि सिम्रन चौधरी र निश्चल न्यौपानेले जितेका छन् । सिम्रनले ८ प्रतियोगीलाई पछि पार्दै केटीतर्फ र निश्चलले १९ प्रतियोगीलाई उछिनेर शिर्ष उपाधि बिजेता बन्न सफल भएका हुन् । दुवै बिजेताले आयोजकको तर्फबाट नगद एक लाख बराबरको बिभिन्न प्याकेज हात पारेका छन् ।
‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शुक्रबार अबेर साँझ राजधानीमा सम्पन्न प्रतियोगितामा केटीतर्फ दिब्या शाह फष्ट रनरअप र रीना गर्सियता सेकेन्ड रनरअप चुनिँदा केटातर्फ मनोजमान फष्ट रनरअप र आभाष भट्टराई सेकेन्ड रनरअप भए ।
साजसज्जासहित निर्माण भएको रनवेसहित फेसनमय बातावरणमा आयोजित प्रतियोगितामा गायक निर्णय श्रेष्ठ, मिसेज इन्टरनेशनल हेरिटेज–२०१९ दुर्गा बिसुराल, ब्युटिसियन सिता न्यौपाने पाठक, म्याहन्ट बिजेता धु्रव बुढाथोकी, फेसन डिजाइनर गोमा तिवारी, केज फिटनेश अनर उज्वलकृष्ण श्रेष्ठ र संचारकर्मी सिर्जना दुवाल निणार्यक थिए ।
प्रतियोगिता युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भबिष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम बनाएर अगाडि बढाउनले उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’की सिइयो मञ्जु ढकालले बताइन् ।
डा. नविन शाह निर्देशक रहेको सौदर्य प्रतियोगितामा फोटो जेनिक दिब्या शाह, कृतज्ञ थापा, मोष्ट पपुलर सुस्मा थापा, सरोज राई, बेष्टवाक रीना गर्सियत, मनोजमान, बेष्ट फ्रेण्डसिप प्रशान्त शाह, बेष्ट स्क्रिन अनुप श्रेष्ठ र रीना प्रधान, बेष्ट इष्टाइलिस निश्चल न्यौपाने, रचना कार्की, बेष्टफिजिक सुनिल राई, सिमरन चौधरी, बेष्ट ट्यालेन्ट रोसन सुनाम, रञ्जना कठायत, बेष्ट फर्सनालिटी राजेन्द्र महता, रीना गर्सियत थिए । कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

Comments