निर्देशनमा प्रियंकाको डेब्यू (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ३ मंसिर मंगलवार
no img

अभिनेत्री प्रियंका कार्कीले म्युजिक निर्देशनमा डेब्यु गरेकी छन् । उनको डेब्यू निर्देशन रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालगायिका आयुष्का खनियाँको ‘मेरै लाहुरे’ बोलको गीतमार्फत अभिनेत्री कार्कीले निर्देशनमा डेब्यू गरेकी हुन् । उक्त गीतको भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको अभिनय रहेको छ ।
अभिनेत्री कार्कीले अब निर्देशनको पाटोलाई पनिसँगै अघि बढाउने बताएकी छन् । उनको निर्देशनमा तयार भएको वेभ सिरिज अहिले युट्युबमा आइरहेको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । बालगायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । काठमाडौंको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले खिचेका हुन् । भिडियोको सम्पादन सन्देश शाह तथा रङ संयोजन रेनिश फागोले गरेका हुन् ।

Comments