‘सम्हाली राख है’ ट्रेलर सार्वजनिक
screennepal
प्रकाशित: २०७६, २५ कार्तिक सोमबार
no img

फिल्म ‘सम्हाली राख है’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्म भित्र रहेका केही महत्वपुर्ण दृश्य समेटेर ट्रेलर ल्याएको हो । सार्वजनिक ट्रेलर हेर्दा फिल्म एक्सनले भरिएको अनुमान गर्न सकिन्छ ।
आरएल मोक्तानको निर्देशन रहेको फिल्म २९ कार्तिकबाट देशभर सार्वजनिक प्रदर्शनमा आउदैछ । फिल्ममा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, आरएल लामा, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनको निर्माण रहेको फिल्मका श्यामकृष्ण महर्जन सह निर्माता हुन् ।
बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।
युवायुवतीमा अहिले मौलाएको प्रेमकथालाई आकर्षक तवरले समसामयिक बिषयबस्तुसँग मिश्रण गरेर सन्देश मुलक प्रस्तुतिका साथ फिल्म बनाएको निर्माता हरिकृष्ण महर्जनले बताए ।
निर्देशक आर एल मोक्तानकै पटकथा सम्वाद रहेको फिल्मका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य फिल्ममा समेटिएका छन् ।

Comments