‘आँशु बेच्ने शहर’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, २२ कार्तिक शुक्रबार
no img

नेपाली लोकगीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका घना परियार र गायक डिजे प्रज्वलको आवाजमा ‘आशुँ बेच्ने शहर’ बोल गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
प्रेमी प्रेमिकाबिच प्रेमको भोगाइलाई समेटेर गीत तयार गरिएको छ । मायालुको यादमा सपनाको संसारमा रमाउने प्रेमिल जोडीको मनका विरही भावलाई गीतमा समेटिएको छ । डिजे प्रज्वलको शब्द सिर्जना तथा लयसिर्जनामा गीत तयार गरिएको गीतको भिडियोमा प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ । ‘आशुँ बेच्ने शहर’ गीतको भिडियोमा सारिका केसी र ओम छिनालको अभिनय रहेको छ ।

Comments