मंसिर १३ मा ‘लभ यु हमेशा’ (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७६, २२ कार्तिक शुक्रबार
no img

प्रेमकथानक फिल्म ‘लभ यु हमेशा’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि कार्तिक २२ मा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्म अब मंसिर १३ मा दर्शकमाझ आउनेछ ।
कार्तिक १५ गतेबाट भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा सफलताका साथ प्रदर्शन भइरहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको फिल्मले दार्जिलिङ र सिलगुढीका दर्शकको मन जितिरहेको जानकारी निर्माण पक्षले दिएको छ ।

https://www.youtube.com/watch?v=EemuREm31D4


बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले ‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनमा सहज बनाउनका लागि लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको बताएका छन् । एकसाथ धेरै नेपाली फिल्म प्रदर्शन गरिदा निर्मातालाई नै हानी हुने भएकाले आफूहरु दुई साता पर सरेको दावी उनको छ ।
निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

Comments