स्मिता र टंकले ल्याए ‘चिटिक्कै…’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, १८ कार्तिक सोमबार
no img

डान्स समूह ‘कार्टुञ्ज क्रु’ले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । टंक बुढाथोकी र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा कार्टुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दिपिका कार्की देखिएका छन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत, उदयराज पौडेलको ऐरेन्ज तथा श्याम स्वेत रसाइँलीको मिक्सिङ रहेको छ ।
गीतको भिडियो कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् भने सरोज ओलीको निर्देशन, नवराज उप्रतिको छायाँकन रेनिश फागोको रङ संयोजन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

Comments