झापा डुल्दै ‘घरजम’ : मौसम भन्छन्, ‘दर्शकमा चेतनाको विकास पाइयो’
screennepal
प्रकाशित: २०७६, ५ कार्तिक मंगलवार
no img

झापाको दमक र विर्तामोडमा चलचित्र ‘घरजम’को विशेष प्रर्दशनी तथा समिक्षात्मक कार्यक्रम भएको छ ।
रोमियो फिल्म प्रालिको व्यानरमा बनेको चलचित्र ‘घरजम’ सोमबार दमक र मंगलबार वर्तामोडमा प्रर्दशन गरिएको हो । दमकको पाथिभर चलचित्र मन्दिरमा सम्पन्न विशेष प्रर्दशनीमा दमक क्षेत्रका ८ सय भन्दाबढी दर्शकले घरजम हेरे । त्यस्तै, विर्तामोडमा सम्पन्न विशेष प्रर्दशनमा ५ सयको संख्यामा दर्शक सहभागी थिए ।
चलचित्रबारे विभिन्न पक्षको धारणा लिनका लागि आयोजना गरिएको विशेष प्रर्दशनीमा स्थानीय स्तारका राजनीतिकर्मी, कलाकार, पत्रकार, सहित्यकार तथा वौद्धिक व्यक्ति दर्शकको रुपमा सहभागी थिए ।
झापाको दमक र विर्तामोड प्रर्दशनीमा दर्शकको उत्साहवद्र्धक उपस्थिति रहेको चलचित्रका निर्देशक मौसम ईम्बुङले जानकारी दिए । चलचित्र प्रर्दशनपछि आएका प्रतिक्रियाले नेपाली दर्शकले क्रिटिकल रुपमा नेपाली चलचित्र हेर्न थालेको अनुभूत भएको निर्देशक इम्बुङको बुझाइ रहेको छ । उनले भने, ‘चलचित्रबारे नेपाली दर्शकमा राम्रो चेतना विकास भएको पाइएको छ ।’
चलचित्र हलमा लाग्नुभन्दा अगाडि गरिएको विशेष प्रर्दशनीको क्रममा ‘घरजम’ युनिटले प्रर्दशनपछि स्थानीय स्तरमा चलचित्रबारे समिक्षात्मक कार्यक्रम समेत गर्दै आएको छ । ‘घरजम’का मिडिया एडभाइजर मिलन लिम्बूका अनुसार झापाको दमक र विर्तामोडमा चचलचित्र प्रर्दशनपछि चलचित्रबारे समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।
‘नेपाली चलचित्र क्षेत्रको बिकासका लागि ‘घरजम’ विशेष प्रर्दशनीमार्फत चलचित्रबारे समिक्षात्मक कार्यक्रम सुरु गरिएको सल्लाहकार लिम्बूको भनाइ छ । चलचित्रको बिकासका लागि क्रिटिकल रुपमा सबै पक्षसँग छलफल आवश्यक रहेको लिम्बूको दावी छ ।
पूर्वका विभिन्न क्षेत्रमा विशेष प्रर्दशनको क्रममा रहेको ‘घरजम’ युनिटले झापाकै धुलाबारी, भद्रपुर र सुनसरीको धरानमा प्रर्दशन तालिका रहेको जानकारी दिएको छ ।

Comments