पुर्वमा मौसमको यस्तो योजना, ८ कात्तिकमा धुलाबारीमा ‘घरजम’
screennepal
प्रकाशित: २०७६, ४ कार्तिक सोमबार
no img

झापा- नेपाली चलचित्र ‘घरजम’ झापाको धुलाबारीमा विशेष प्रर्दशन हुने भएको छ । कलाकार मौसम ईम्बुङद्धारा निर्देशित ‘घरजम’ ८ कात्तिकमा धुलाबारीस्थित तृष्ण चलचित्र मन्दिरमा प्रर्दशन हुने भएको हो । निर्माणपक्षले सोमबार धुलाबारीमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक इम्बुङले ‘घरजम’का लागि स्टार भ्याल्यु रोजाइमा पर्न नसकेको बताए । उनले भने, ‘यारेक्टरमै काम गर्नुपर्छ भन्ने मान्यताले ‘घरजम’ बनेको छ । क्यारेक्टरलाई आधार मानेर बनाइएका चलचित्रले ‘नेपाली चलचित्र यस्तो हुनुपर्छ’ मन्ने मानक स्थापित गर्न ‘घरजम’ले एउटा इटा थप्ने काम गरेको छ ।’
त्यस्तै, चलचित्रका निर्माता तथा कलाकार सीताकुमारी तुम्बापोले सन्ततिलाई आफ्नो देश, भाषा, संस्कार–संस्कृति र परम्परास“ग परिचित गराउन कला क्षेत्र सबैभन्दा प्रभावकारी माध्यम भएकाले चलचित्र निर्माण गरेको सुनाइन् ।
‘घरजम’ देशभरका मल्टिप्लेक्स तथा सिंगल थिएटर गरी ८० भन्दा बढी हलमा प्रर्दशन गर्ने निर्माणपक्षको लक्ष्य छ । साथै, विदेशका १० भन्दा बढी स्थानमा ‘विशेष’ प्रर्दशनीको तयारी भइरहेको विशेष प्रर्दशन समितिका संयोजक तथा कलाकार शैलेन्द्र थेबेले जानकारी दिए । उनले ‘घरजम’लाई घुम्ती प्रर्दशन गर्ने योजना समेत रहेको बताइएको छ ।
घरजम युनिटले विशेष प्रर्दशनीपछि स्थानीयस्तर पत्रकार, वुद्धिजिवी, साहित्यकार, समीक्षक तथा सरोकारवालास“ग चलचित्रबारे समिक्षात्मक छलफल गर्ने योजना बनाएको छ ।
करिब ८० लाखको लगानीमा निर्माण भएको ‘घरजम’मा निर्माता किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापोले गरेका हुन् । चलचित्रमा सह–निर्माताका रुपमा तेज मेन्याङबो रहेका छन् ।
चलचित्रमा, बुद्धि तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रवि शेर्मा, कुशल थलङ, शुष्मा सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।

Comments