सोरठी देउसी-भैलो गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ३ कार्तिक आईतवार
no img

नेपालीहरुको दोश्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलो गीत सार्वजनिक गर्न थालिएको छ तिहारलाई लक्षित गर्दै गल्कोट म्युजिक प्रालिले ‘सोरठी देउसी भैलो’ गीतको भिडियो सार्वजनिक गरेको श ।
सार्वजनिक गीतमा रामु विरही, धर्तिमा थापा मगर, विष्णु सिंह, विनिता गुरुङ, सञ्जय परियार, सामना मगर, गोविन्द पराजुली र मिलन थापा मगरको आवाजमा रहेको छ । उक्त मौलिक देउसी भैलो सोरठी नृत्यमा प्रस्तुत गरिएको छ ।
नेपाली कला र सस्कृतिलाई मौलिकतालाई प्रस्तुत गर्नका लागि आफुले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको रामु विरहीले बताए । रामु विरही र पुर्ण बुढा मगरको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा समावेश गरिएको छ । आपसी रुपमा सद्भाव र भाइचाराको अभिबृद्धिका लागि गीतमा आग्रह गरिएको छ ।
प्रवेश पोखरेलको छायाँकन, दलर्भ श्रेष्ठको सम्पादन तथा रामु विरहीको निर्देशन तथा मनिषा राईको कोरियाग्राफी रहेको ‘सोरठी देउसी भैलो’ मा रामु विरही, मनिषा राई, समीर विक, माधव प्रसाद सिक्देल र प्रकाश रोक्काको अभिनय रहेको छ ।

Comments