शर्माको ‘जहाँ पहाडहरु अग्ला थिए’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, १ कार्तिक शुक्रबार
no img

लेखिका साउदामिनी शर्माको उपन्यासकृति ‘व्हेर माउन्टेन्स स्टुड टल’ अर्थात (जहाँ पहाडहरु अग्ला थिए) सार्वजनिक भएको छ । अंग्रेजी भाषामा लेखिएको उक्त उपन्यासको शुक्रबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।


आफ्नो पहिलो कृति सार्वजनिक गरेपछि लेखिका शर्माले भनिन्, ‘म सानैदेखि लेख्न चाहन्थेँ, तर, बल्ल आज पहिलो कृृतिका रुपमा उपन्यास सार्वजनिक गर्दैछु ।’ उनले तत्कालीन माओवादीको १० वर्षे जनयुद्धलाई जग बनाएर उपन्यास तयार बनाएको सुनाइन् ।
कार्यक्रममा बोल्दै लेखिका शर्माले ६ महिना लगाएर उपन्यास तयार गरेको भएपनि प्रकाशक पाउन निकै दुःख गर्नुपरेको अनुभव सुनाइन् । उनले भनिन्, ‘प्रकाशक पाउन झण्डै दुई वर्ष लाग्यो ।’ उनले अंग्रेजी भाषामा उपन्यास लेख्नुको कारण समेत खुलाइन् । लेखिका शर्माले भनिन्, ‘म नेपालीमा पनि लेख्न सक्थेँ, तर, अंग्रेजीमा लेख्दा नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र यहाँको वास्तविकताबारे बुझाउन पनि सजिलो हुने भएकाले अंग्रेजीमा लेखेकी हुँ ।’
बुक राईटिङ नेपालले प्रकाशन गरेको उक्त उपन्यास ३० खण्डमा रहेको छ । यो बुक राईटिङ नेपालको पनि पहिलो प्रकाशित पुस्तक हो । लेखिका शर्माको सार्वजनिक उपन्यासले थोरै भएपनि नेपालको राजनीति तथा सामाजिक क्षेत्रको चित्रणलाई अन्तर्राष्ट्रियरुपमा पु¥याउन सहयोग पुग्ने प्रकाशन संस्था बुक राईटिङ नेपालका सिईओ बिनोद कुलुङले बताए । पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।

Comments