भिडियोमा फूलको कुरा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, ११ आश्विन शनिबार
no img

नेपालीहरुको महान चाड दशैँ र तिहार नजिकिँदै गर्दा फूलको महत्व पनि बढ्दै गएको छ । यसैबेला गायक मचिन्द्र राई फूलको कुरा गर्दै आएका छन् ।
गायक राईको नयाँ गीत ‘फूलको कुरा’ सार्वजनिक भएको छ । जसमा चर्चित हास्य कलाकार उमेश राई ‘फुःलेन्देकी आमा’, मोडल मौसमी कन्दङ्वा सुब्बा र आरुशीबीच फूलको कुरा चल्छ । लोक डान्सिङ बिटको उक्त गीतको भिडियोमा कलाकारलाई निर्देशकले त्रिकोणात्मक रुपमा प्रस्तुत गरेका छन् अर्थात उमेश राई, मौसमी र आरुशीबीच त्रिकोणात्मक प्रेम चक्करलाई कलात्मक रुपमा भिडियोमा उतारिएको छ ।
उक्त भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक जसबहादुर याख्खा ‘जसु’ले निर्देशन गरेका हुन् । उनले ‘फूलको कुरा’लाई डान्सिङ बिटमा भएपनि कलात्मक बनाउने प्रयास गरेका छन् । यो निर्देशक जसुको कला हो । भिडियोमा तीनै जना कलाकारको केमेष्ट्रि गजब देखिएको छ ।
‘फूलको कुरा’का लागि कोरियोग्राफी सन्देश रिमाल र छायाँकन ज्ञानेन्द्र शर्मा टिमले गरेको हो । ‘फूलको कुरा’ गर्ने कलाकारलाई सिँगार्ने काम भने निसुम नेम्बाङले गरेकी छन् । यो भिडियो यु–युट्युबमा रिलिज गरिएको २४ घण्टा नवित्दै ३५ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

Comments