जहाँ चल्छ, ‘फूलको कुरा’
screennepal
प्रकाशित: २०७६, १ आश्विन बुधबार
no img

गायक मचिन्द्र राईको लोक डान्सिङ बिटको ‘फूलको कुरा’ बोलको गीतको भिडियो निर्माण भएको छ । भिडियोमा चर्चित हास्य कलाकार तथा मोडल उमेश राई ‘फुःलेन्देकी आमा’, मोडल मौसमी कन्दङ्वा सुब्बा र आरुशी मगरले अभिनय तथा नृत्य गरेका छन् । उक्त गीतलाई फिल्मीशैलीमा छायाँकन गरिएको छ ।

‘फूलको कुरा’ गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक जसबहादुर याख्खा ‘जुस’ले निर्देशन गरेका छन् । यो भिडियो शंकमूलस्थित युएनपार्क र त्यस आसपासमा छायाँकन गरिएको छ । उक्त गीतको भिडियोका लागि निकै मिहिनेत गरिएको निर्देशक जसुले बताएका छन् ।
भिडियोमा फूःलेन्देकी आमा उमेश, मौसमी र आरुशीको केमेष्ट्रिी निकै सुहाउने दावी निर्देशकले गरेका छन् । त्यस्तै, गायक मचिन्द्र पनि आफ्नो ‘फूलको कुरा’ गीतमा अभिनय गर्ने कलाकारप्रति सन्तुष्ट रहेका छन् । उमेश, मौसमी र आरुशी पछिल्लो समय आ–आफ्नो काम र स्थानमा चर्चित छन् । त्यस्तै, निर्देशक जसुको म्युजिक भिडियो निर्देशनमा जम्दै आएका छन् ।
भिडियो कस्तो बन्यो भन्ने कुरा केही दिनमै थाहा हुनेछ । निर्देशक जसुले चाँडै दर्शक तथा श्रोतामाझ भिडियो आउने बताए । उक्त भिडियोका कोरियोग्राफी सन्देश राई र छाया“कन ज्ञानेन्द्र शर्मा टिमले गरेको छ । ‘फूलको कुरा’ गर्ने कलाकारलाई सि“गार्ने काम भने ब्युटिसियन निसुम नेम्बाङले गरेकी छन् । उक्त भिडियोमा मोडल मौसमी डिल्लीबजारस्थित कुसुम द बुटिकले तयार गरेको पहिरनमा देखिनेछिन् । पछिल्लो समय कुसुम द बुटिक सेलिब्रेटीका लागि चर्चित बन्दै गएको छ ।

Comments