भोलाले संगीत गरे ‘लडे झाडीमा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २९ भाद्र आईतवार
no img

गायक रविन अधिकारीले ‘लडे झाडीमा’ बोलको गीत लिएर आएका छन् । उनलाई लोकप्रिय गायिका मिना निरौलाले स्वरमा साथ दिएकी छन् । पछिल्लो समय डान्सिङ गीतको चलन बढिरहेका बेला गायक रविनले पनि यस्तै खालको गीत बजारमा लिएर आएका छन् ।
यस गीतलाई रंगकर्मी तथा पत्रकार समेत रहेका भोला अधिकारीले संगीत दिएका छन् भने गीत बासुदेव घिमिरेले लेखेका छन् । पत्रकार भोला अधिकारीको संगीतमा बासुदेव घिमिरेले यसअघि ‘म त परेको मान्छे’ बोलको गीत ल्याएका थिए ।
यस गीतको म्युजिक भिडियो काजी, दिपक र सम्झनाले अभिनय गरेका छन् । रोशन दाहालको निर्देशन रहेको भिडियोलाई सविन भट्टराई कोरियोग्राफी गरेका छन् । पछिल्लो समय यस गीतले बजारमा राम्रै चर्चा पाइरहेको छ ।

Comments