कमल र सुजाताको ओई काली सार्वजनिक
screennepal
प्रकाशित: २०७६, २७ भाद्र शुक्रबार
no img

गायक कमल थापा र सुजाता विकको पहिलो गीत ओई कालीको म्युजिक भिडियो शुक्रबार सार्वजानिक भएको छ।
वविता विकको शब्द संगीतमा सुजाता संगै कमलको स्वर,अभिनय र नृत्य देख्न सकिन्छ।

निरोज लामाको संगीत तथा संगीत संयोजनमा बनेको ओई कालीको अडियो र भिडियो उत्तिकै उत्कृष्ट बनेको छ।
सुरज इन्टरटेन्टमेन्टको निर्माणमा बनेको म्युजिक भिडियोलाई सुरज खनालले छायांकन गरेका हुन् भने पदम सुवेदीले सम्पादन गरेका छन्।
सरोज थामीको नृत्य निर्देशन रहेको यस म्युजिक भिडियोलाई स्ट्रिटनेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

आफुहरुको अथक मेहेनत पश्चात सार्वजनिक यस गीत र म्युजिक भिडियोलाई नेपाली सङ्गीत प्रेमीहरुले रुचाइदिने आशा राखेको गायक-गायिका कमल र सुजाताले बताएकी छिन्। म्युजिक भिडियोमा दुबैको अब्बल अभिनय र नृत्य देख्न सकिन्छ।

Comments