नाचरमा शनिबार तिरीरी मुरुली बज्दै
screennepal
प्रकाशित: २०७६, २५ भाद्र बुधबार
no img

नेपाली गीतसंगीतप्रति चासो राख्ने जोकोहीले स्व. गायक पन्नाकाजीका गीत पक्कै गुन्गुनाएकै हुनुपर्छ । अझ भनौँ, अन्तर्राष्टिय संगीतबजारमा नेपाली गीतलाई चिनाउने यही हो ‘तिरीरी मुरली बज्यो बनैमा…’ । उनै प्रख्यात गायक पन्नाकाजीका दुई छोरा बाबुकै बिँढो थाम्दै गायक बनेँ । जो नेपाली सांगीतिक क्षेत्रका बाबुजस्तै लोकप्रिय छन् ।
तिनै लोकप्रिय दाजु–भाई गायक प्रवेशमान शाक्य र पवित्रमान शाक्यलाई यो आउने शनिबार एकैसाथ सुन्न पाइने भएको छ । उनीहरुलाई १५ जना संगीतकर्मीले साथ दिँदैछन् । नेपाली गायन क्षेत्रमा पन्नाकाजीले कमाएको गरिमालाई थपक्क उठाएका प्रवेशमान र पवित्रमानले उक्त कार्यक्रममा ७–७ वटा गीत गाउने भएका छन् ।
‘प्रवेशमान शाक्य–पवित्रमान शाक्य एकल साँझ’ नाम दिइएको उक्त कार्यक्रमबारे मंगलबार राजधानीमा जानकारी गराएको छ । एकल साँझमा दाजुभाई गायकले आफ्ना स्वर्गीय बाबु प्रख्यात गायक तथा संगीतकार पन्नाकाजीको चर्चित र ऐतिहासिक गीतहरु जस्तै, ‘तिरीरी मुरली बज्यो बनैमा’देखि पबित्रमानका आफ्नो तन्नेरी अवस्थामा गाएको ‘कति बस्छ्यौ ओढी लाजको घुम्टो’, ‘उन्नत राखौं देशको शिर’जस्ता गीत गुञ्जिनेछन् ।
त्यस्तै कार्यक्रममा गायक प्रवेशमानले आफ्ना ‘लाउन त प्रित लाइदियौं यो दिलमा बहार बनी’, ‘जिन्दगीमा तिमीलाइ नै रोजे’, ‘तिमी सामु नभएर टाढा हुँदा’, ‘मैले तारा रोज्दा रोज्दै जून तिमीलाई पाएछु’जस्ता आफ्ना लोकप्रिय सदाबहार गीतहरू प्रस्तुत गर्दैछन् । कार्यक्रममा गायक पवित्रमानको ‘धरातल’ नामक गीति एल्बमको पनि विमोचन गरिने जनाइएको छ । कार्यक्रममा पन्नाकाजीको स्मृतिको अवसरमा गर्न लागिएको हो ।

Comments