बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान सम्मानीत
screennepal
प्रकाशित: २०७६, २० भाद्र शुक्रबार
no img

बरिष्ठ फोटो पत्रकार तथा समाजसेवी हरि गोपाल प्रधान सम्मानीत भएका छन् । पत्रकार प्रधानले पत्रकारिताको क्षेत्रबाट समाजमा पु-याएको योगदानको मूल्यांकन गर्दै भारतको इन्डोरमा वल्र्ड बुक अफ रेकर्ड र अल्मा संस्थाले सम्मान प्रदान गरेको हो । कार्यक्रममा ‘नेशनल एक्सिलेन्स अवार्ड–२०१९’ फोटो पत्रकार प्रधानलाई सम्मानित गरिएको थियो ।
‘नेशनल एक्सीलेन्स अवार्ड–२०१९’ प्रदान समारोहमा उद्योगी तथा व्यवसायीको मात्र सहभागिता नभई सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तिलाई पनि संस्थाले सम्मान गरेको थियो ।
भारत तथा अन्य विभिन्न मुलुकका करिब चार सय जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा प्रमुख अतिथि रहेकी थिइन् ।
संस्थाका अध्यक्ष डा. दिवाकर सुकुल, लण्डन(युके) तथा हलिउडका सुप्रख्यात गायिका डा. जसविन्दर निरालाबाट कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायत हरि गोपाल प्रधानलाई सम्मान गरेको थियो । सम्मान ग्रहण गरेपछि बरिष्ठ फोटो पत्रकार प्रधानले आफूले पाएको सम्मान नेपालकै लागि गौरवको भएको बताए ।

Comments