आफ्नै शब्दमा लक्ष्मीको ‘जीवन यात्रा हो’
screennepal
प्रकाशित: २०७६, १७ भाद्र मंगलवार
no img

गायिका लक्ष्मी हमाल आइतबार मध्यान्ह्तिर पुतलीसडकस्थित एक स्टुडियोमा भेटिइन् । जहाँ उनले गाउँदै थिइन्, ‘जीवन यात्रा हो’ बोलको गीत ।
रकिङशैलीको गायिका हमालको स्वरलाई स्टुडियोमा कैद गर्दैथिए, रेकर्डिस्ट सागर सुब्बा । स्टुडियोबाट बाहिरिएपछि गायिका हमालले भनिन्, ‘यो अलि फरक शैलीको गीत हो । विशेषगरी यो सन्देश गीत हो ।’
फास्ट डान्सिङ बिटको उक्त गीतमा गायिका हमालले आफ्नै शब्द रहेको बताइन् । ‘यो गीतलाई मैले नै लेखेकी हुँ’, दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी गायिका हमालले भनिन्, ‘यो गीतको संगीत र एरेन्ज सञ्जय हमालले गर्नुभएको हो ।’
सञ्जय र लक्ष्मी श्रीमान÷श्रीमती हुन् । सञ्जय हमाल व्यस्त र चर्चित एरेञ्जर पनि हुन् । तर, त्यस दिन सञ्जय आफ्नै श्रीमतीको रेकर्डिङ गर्न व्यस्त थिए । उनले भने, ‘आजचाहिँ अलि फरक किसिमको गीत रेकर्ड हुँदैछ । लक्ष्मीले पनि राम्रै गाएकी छन् ।’
यसअघि विभिन्न चलचित्र, आधुनिक र केही कभर सङ समेत गाइसकेकी लक्ष्मी हमालले ‘जीवन यात्रा हो’लाई भने रकिङशैलीमा गाएकी छन् । उक्त गीतका लागि फिचरिङ ¥यापर निर्णय श्रेष्ठ गरेका छन् । गीत सन्देश मूलक भएपनि श्रोताको ओठमा झुण्डिने किसिमको छ । गायिका लक्ष्मी हमालले भनिन्, ‘यो गीतलाई चाँडै भिडियो बनाउँदैछु ।’

Comments