‘छ माया छपक्कै’, २४ असोजमा दर्शकसँग लपक्कै !
screennepal
प्रकाशित: २०७६, १५ भाद्र आईतवार
no img

नेपाली फिल्म ‘छ माया छपक्कै’को प्रदर्शन मिति घाोषणा गरिएको छ । फिल्मको पहिलो गीत रिलिजसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यो फिल्म २४ असोजमा प्रदर्शनमा आउने भएको छ ।
फिल्ममा समावेश ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा बसन्त थापा र मिना निरौलाको स्वर, बसन्त थापाको संगीत र राजेन्द्र थापाको शब्द रहेको छ । गीतमा फिल्मका मुख्य कलाकारहरुलाई देख्न सकिन्छ । गीतमा कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, बुद्धि तामाङलगायतका कलाकारको नृत्य रहेको छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’का निर्माता रोहित अधिकारी हुन् । यस फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् भने छायाँकन हरी हुमागाईंको छ ।
यस फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । यस फिल्ममा केकी र दिपक पहिलोपटक जोडीको रुपमा देखिँदैछन् ।

Comments