क्रिजेन्शा बनिन् यस वर्षकी ‘लिटिल आइडल’
screennepal
प्रकाशित: २०७६, १५ भाद्र आईतवार
no img

प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा भएको ‘मिस लिटिल आइडल–२०१९’को उपाधि क्रिजेन्शा सिलवालले जितेकी छन् ।
घट्टेकुलोस्थित सुर्योदय बोडिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत उनले आफ्ना ८० प्रतिष्पर्धीलाई उछिन्दै उपाधीसहित एक वर्षको छात्रवृत्ति र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् ।
प्रतियोगितामा बुढानिलकण्डस्थित हिमालय बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययरत रचना राई फस्ट रनरअप र पुरानो वानेश्वरस्थित क्याम्ब्रिज पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत कुन्जा कुँवर सेकेन्ड रनरअप भएकी छन् । रचना र कुञ्जाले एक–एक वर्षको छात्रवृत्तिसहित क्रमश २० र १० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।
शैक्षिक कोर्षमा नसमेटिएका तर, विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा मोर्डन इन्डियन स्कुल चोभारकी रायना लामा र क्लिन्टन स्कुल चावहिलकी स्मृती कटवालले संयुक्त रुपमा मिस ट्यालेन्ट, इडेन ब्रिज स्कुल धापासीकी नेहारिका राई मिस फ्रेण्डसिप, क्लिन्टन स्किलकी आशानी पुलामी मिस डिस्सिप्लिन, इडेन ब्रिज स्कुलकी करुना राई मिस कन्फिडेन्स, नेसनल युनाइटेड स्कुल बुढानिलकण्डकी रितिस्मा पाण्डे बेस्ट ह्यान्ड राइटर घोषित भए ।
त्यसैगरी विट्स एकेडेमी बौद्धकी सुप्रिना लामा मिस पर्सनालिटी, क्याम्ब्रिज पब्लिक स्कुलकी आरुषी भट्टराई र इलेक्सर एकेडेमी कुमारीगलकी अस्मिता गिरीले संयुक्त रुपमा मिस लिडरसिपको उपाधि पाए । हिमालयन बोर्डिङ स्कुलकी रचना राई मिस स्मार्ट लिसनर घोषित भइन् भने क्लिन्टन स्कुककै लिसा बोगटीले मिस फोटोजेनिकको उपाधि हासिल गरिन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा. मदन विष्ट, बैंकर कृष्ण अधिकारी, मिस मंगोल नेपाल २०१८ जाङमु इन शेर्पा, प्राज्ञ संगीतकार शान्तिराम राई, आईआईएफटीका प्रबन्ध निर्देशक तेन्जिङ शेर्पा, डा. लोचन कार्की निर्णायक मण्डलमा रहेका थिए । सो अवसरमा प्याब्सन काठमाडौंका अध्यक्ष हरीकृष्ण श्रेष्ठ, कार्यक्रम संयोजक तथा प्याब्सन काठमाडौंकी उपाध्यक्ष रीता राई दाहालले लिटिल आइडलका बारेमा प्रकाश पार्दै प्रतियोगिता प्रतिभावान छात्राहरुका लागि राम्रो प्लेटफर्म भएको बताए ।

Comments