हरिहर र शकुन्तलालाई ‘शिव पार्वती’ सम्मान
screennepal
प्रकाशित: २०७६, ११ भाद्र बुधबार
no img

तीजको अवसरमा अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’को रुपमा सम्मानीत भएका छन् । फेसियल हाउसले आयोजना गरेको तीज विषेश कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा ‘फेसियल हाउस तीज महोत्सव–२०७६’ कार्यक्रम गरी फेसियल हाउसले हरिहर र शकुन्तलालाई सम्मान प्रदान गरेको जनाएको छ । नेपाली वाङ्मयका विभिन्न विधाका साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा उनीहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् ।
उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ‘तीज आयो’को भिडियो समेत विमोचन गरिएको थियो । भिडियो विमोचनपश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन् ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा यही १८ र १९ भदौमा पोखरामा हुन लागेको कार्यशाला गोष्ठीका लागि महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग २५ हजार सहयोग प्रदान गरेकी छन ।

Comments