सन्नी लियोनि अभिनित नेपालि फिल्म ‘पासवर्ड’ को ट्रेलर सार्बजानिक
screennepal
प्रकाशित: २०७६, ८ भाद्र आईतवार
no img

काठमाण्डौ
बलिउड हट नायिका सन्नी लियोनीको समेत भूमिका रहेको नेपाली चलचित्र “पासवर्ड” को ट्रेलर सार्वजनिक गरिएको छ,
यस चलचित्रमा सन्नी लीयोनिले “सन्नी हो नाम मेरो” बोलको गीतमा आइटम डान्स गरेकी छन् । कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको उक्त म्युजिक भिडियो अर्जुन पोखरेलले संगीत भरेका छन।
स्पेसल एपीरेन्समा सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिनमा देखिने छिन् । सन्नीले उक्त गीतका प्ररिश्रमिक लागि भारतीय दुई करोड रुपैयाँ लिएको बताइएको छ ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो पासवर्ड फिल्ममा सन्नीको माग अनुसार नै गीत तयार पारिएको बताइएअको छ । उक्त गीतलाई भारतबाट आएका कोरियोग्राफर सहितको टीमले नै निर्देशन गरेको हो ।
३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाहि, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । शौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् । सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायाँकन बेलायत र दुई प्रतिशत नेपालमा भएको बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले पासवर्ड निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।

Comments