रहेनन् बरिष्ठ निर्देशक राना
screennepal
प्रकाशित: २०७६, ४ भाद्र बुधबार
no img

नेपाली फिल्मकी बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको साता दिन नवित्दै नेपाली फिल्म क्षेत्रले एक बरिष्ठ निर्देशक गुमाएको छ ।
नेपाली फिल्मका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउ“सो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारकै क्रममा निधन भएको उनका भाई निर्देशक रन्जित राना मगरले बताए ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित निर्देशक मगरको गत बर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो । नेपाली फिल्म ‘कर्जा’बाट निर्देशनमा होमिएका मगरले रा“को, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा (भोजपुरी) मिस्टर मंगले, चक्र बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिएका थिए ।
भारतीय फिल्म नगरी मुम्बई त्यागेर नेपाली फिल्म निर्देशनमा भित्रिएका मगरले राष्ट्रिय चलचित्र पुरस्कार–२०७४ मा ‘दीर्घ साधना सम्मान’ प्राप्त गरेका थिए । दिवंगत मगरका भाई रञ्जितका अनुसार उनलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

Comments