अमेरिकाबाट आयो ‘हिजो आज यो मन’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, १ भाद्र आईतवार
no img

‘हिजो आज यो मन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कृष्ण राईको निर्माण, निर्देशन र सम्पादनमा रहेको उक्त भिडियोलाई अमेरिकामा छायाँकन गरिएको छ ।
सार्वजनिक गीतमा शब्द र संगीत पनि कृष्ण राईकै रहेको छ । गायक ताराप्रकाश लिम्बुले एकल आवाज यस गीतको भिडियोमा कृष्ण राई, अञ्जु सुब्बा र आशिष श्रेष्ठको अभिनय रहेको छ । अमेरिकाको क्यालिफोर्नियाको शानफ्रान्सिस्कोमा छायाँकन गरिएको उक्त भिडियोलाई कृष्ण राईले आफ्नै अफिसियल युटुब च्यानल ‘द आरजीटि’ फिल्म्समार्फत सार्वजनिक गरेका हुन् । भिडियोले अहिले राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।
आफ्नो कामले सही मुल्याँकन पाइरहेको र दर्शकको प्रतिक्रियाले आफु निकै हर्षित भएको उनले बताए । अमेरिकामा बसेर पनि नेपाली गीतसंगीतका लागि तल्लीन उनले भने, ‘दर्शकको माया र साथले हौसला मिलेको छ ।’ आगामी दिनमा पनि दर्शक श्रोताहरुको माया र साथको अपेक्षा आफुले राखेको राईले बताए ।

Comments