बेलायतमा ‘कैदीको पत्र’
screennepal
प्रकाशित: २०७६, ३२ श्रावण शनिबार
no img

साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा फिल्म निर्माण गरिरहेका छन् ।
२६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को निर्देशन बैराग आफैले गरेका छन् । त्यतिमात्रै होइन फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी स्वमय्ले लेखेका हुन् ।
अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए ।
राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् । ‘महामहिमज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्हरुप दिनका लागि आफू सुटिङमा उपस्थित भएको बताउनुभयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावित हुनुहुन्थ्यो । त्यस कारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो । उहाँको साथले खुशी मिलेको छ ।’


फिल्ममा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् ।
रामेश्वर कार्कीको छायांकन, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन् । कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिलघले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन् ।
फिल्म सुटिङका लागि केही साता अघि प्राबिधिकको एक काठमाडौबाट टोली बेलायत उडेको थियो । हालसम्म स्कटल्याण्ड कोक्रिफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’को छायांकन सकिन अझै दुई साता बढी समय लाग्ने बताइएको छ ।

Comments