बरिष्ठ अभिनेत्री अधिकारीको निधन
screennepal
प्रकाशित: २०७६, ३२ श्रावण शनिबार
no img

बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । अभिनेत्री अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो ।
वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्मिएकी अधिकारीले ६ वर्षको उमेरमै नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो)बाट अभिनय यात्रा थालेकी थिइन् । विशेषगरी चरित्र अभिनेत्रीका रुपमा ख्याती कमाएकी अधिकारी केही दिनअघिसम्म स्वस्थ्य थिइन् ।
अधिकारी रंगमञ्च हुँदै चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका नेपाली चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवनगाथा ‘कलाकार सुभद्रा अधिकारी जीवनगाथा’ पुस्तक पनि प्रकाशित छन् ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अधिकारीको पार्थिव शरीरलाई १२ः ३० बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र ३ बजेसम्म पशुपति आर्यघाट लगिने जनाएका छन् ।

Comments