तामाङको स्वरमा अमेरिकामा छम्मछम्म नाच्दै
screennepal
प्रकाशित: २०७६, ३० श्रावण बिहीबार
no img


गायिका दीपा तामाङको स्वरमा सजिएको ‘म त छम्मछम्म गर्दै नाच्ने–दाऊरा घाँस’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अमासी राईको शब्द र संगीत छ । गीत अमेरिकामा छायांकन गरिएको हो ।
भिडियोमा कुमारी राई र रेनुका चाम्लिङसहित बसन्ती राई, उषा मोंगेर, क्रिस्टिना खनाल, दिव्य दाहाल, जेस्टिता मोंगर, एलिना भट्टराई, सविका घले, सबिता राई, सम्झना चुहान, दुर्गा गजमेर, जेनिसा गुरुङ, रक्षा खड्का, सुस्तिका भट्टराई, एलिसा मगरलगायत फिचर्ड छन् । यी कलाकारहरू आरबीएनके डान्स स्टुडियोका सदस्य हुन् ।
गीतमा बादल मगर, अन्जु गुरुङ र राज राई विशेष भूमिकामा छन् । भिडियोमा आरबीएनके डान्स स्टुडियोका नरमान राईको कोरियोग्राफी र निर्देशन छ । निर्देशक राईले अमेरिकामा पनि नेपालजस्तै भूभाग रहेकाले त्यहा“को लोकेसनमा मोडलहरूलाई मौलिक नेपाली पहिरनमा नृत्य गराएको बताए । भिडियोका निर्माता राज राई हुन् । भिडियोमा राज लुंगेलीको छायांकन र सम्पादन छ ।

https://www.youtube.com/watch?v=9Filh8locfk
Comments