चलचित्र बनाउँदा सुरक्षा संवेदनशीलता आवश्यक
screennepal
प्रकाशित: २०७६, ३० श्रावण बिहीबार
no img

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चलचित्र निर्माण गर्दा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रहरीद्वार बु्धबार राजधानीमा आयोजित चलचित्रकर्मीसँगको अन्तक्र्रियामा उनले कलाकारिता र लेख रचनामार्फत सोहीअनुरुपको सन्देश जनसमक्ष पु¥याउन चलचित्रकर्मीले साथ दिनुपर्ने बताए ।
उक्त अवसरमा चलचित्रकर्मी आकाश अधिकारीले प्रहरीसँग आपसी समन्वय र सहयोग जारी रहने उल्लेख गरे । अर्का चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्र उद्योगसँग प्रहरीको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा पारस्परिक सहयोग आदानप्रदान गर्न चलचित्र उद्योग तयार रहेको बताए । सामाजिक दायित्वबोध कमी भएको कारण निस्कने अप्ठ्यारो न्यून गर्न अन्तक्र्रियाले सहयोग गर्ने उनको भनाइ थियो ।
प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले कार्यक्रममा चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तुअनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिउपर कानूनसम्मत एवं मानवोचित व्यवहार, चलचित्र छायांकनपूर्व प्रहरीप्रधान कार्यालयसँग समन्वय जस्ता विषयमा छलफल भएको जानकारी दिए ।

Comments