क्याप्टेन विजय लामा र बेनिशाको ‘छोरी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २९ श्रावण बुधबार
no img

चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’को भिडियो सार्वजनिक भएको छ ।
मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको म्युजिक भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन भने भिडियोमा उत्सव दाहालको क्यामेरा, बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ । भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

Comments