‘तिमी बाहेक कसैलाई’ भन्दै आइन् अनिला (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २८ श्रावण मंगलवार
no img

गायिका अनिला राई म्युजिक भिडियोमा मोडलका रुपमा देखिएकी छन् । गीतकार समेत रहेकी उनी आफ्नै गीत ‘तिमी बाहेक कसैलाई’ बोल गीतको भिडियोमा यसपटक मोडल बनेकी हुन् ।
हालै सार्वजनिक भएको लभसङ ‘तिमी बाहेक कसैलाई’ गीतमा अनिलासँगै गायक दिपक लिम्बूको स्वर रहेको छ । नेपाली सांगीतिक क्षेत्रलाई करिब एक दर्जन एल्बम दिइसकेकी गायिका अनिला र दिपकको स्वर रहेको उक्त गीत निकै वर्ष अगाडि रेकर्ड गरिएको हो । जसन गीतको यसअघि पनि भिडियो आइसकेको छ । तर, पुनः उक्त गीतलाई तार्जगी गराउन भिडियो निर्माण गरेको गायिका अनिलाले बताइन् ।
मेलोयिस उक्त लभसङको भिडियोमा अनिला आफ्नो जीवनको रियल हिरो नन्दरान राईसँग देखिएकी छन् । सम्भवतः यसरी भिडियोमा अनिला र नन्दराज पहिलोपटक सँगै देखिएका हुन् । गीतको भावनाअनुसार उतारिएको भिडियोमा अनिला र नन्दराजको ‘अनस्क्रिन’ गज्जब देखिएको छ । पहिलापटक भिडियोमा देखिएको भएपनि नन्दराज अभिनयमा खुलेका छन् । भिडियोमा दुई जनाको आत्मीय प्रेमभावलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
प्रस्तुत ‘तिमी बाहेक कसैलाई’ बोलको गीतलाई प्रतिभा श्रेष्ठले लेखकी हुन् भने संगीत शान्तिराम राईको रहेको छ । बेलायतकै विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको यस भिडियोलाई ‘राई बुढा’का रुपमा चर्चित हास्य कलाकार पार्वन राईले निर्देशन गरेका हुन् । भिडियोमा छायाँकनसमेत पार्वनकै रहेको छ भने सम्पादन अनिलकुमार महर्जनले गरेका हुन् ।
गायिका अनिला लामो समयदेखि बेलायतको क्याट्रिकलाई कर्मथलो बनाउँदै आएकी छन् । तर, उनले बेलायतमा बसेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएकी छन् । अनिलाले प्रत्येक वर्ष आफ्नो नयाँ गीत सार्वजनिक गर्दै आएकी छन् । यसपटक आफ्ना पुरानो चर्चित गीतलाई नयाँ भिडियोका रुपमा प्रस्तुत गरेपछि उनी पुनः चर्चामा आएकी छन् ।

Comments