भुवनको संगीतमा आयो ‘छुटिएर तिमीसँग…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७६, २८ श्रावण मंगलवार
no img

केही समय यता गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई अमेरिकामा छन् । तर, उनको गीति सिर्जना भने नेपाली संगीत बजारमा आइरहेको छ । यसैक्रममा भुवनको नयाँ गीत सार्वजनिक भएको छ ।
गायिका बानिका प्रधानको स्वरमा ‘छुटिएर तिमीसँग’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । जसमा गायक तथा संगीतकार भुवनको संगीत रहेको छ । ‘सेन्टिमेन्टल’ भावको उक्त गीतको शब्दरचना शान्त राईले गरेका हुन् । भुवनले ‘छुटिएर तिमीसँग’ गीतलाई निकै मेलोडियस बनाएका छन् । अनामनगरस्थित गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको यस गीतको स्टुडियो भिडियो मेकिङमा ल्याएको हो ।
गायक तथा संगीतकार भुवन अमेरिका जस्तोे व्यस्त ठाउँमा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर आइरहेका छन् । सांगीतिक क्षेत्रमा चर्चामा रहेकै बेला पारिवारिक कारणले अमेरिका पुगेका भुवनले अनलाइनमा कुरा गर्दै भने, ‘फुर्सद मिलेको बेला यहाँ पनि गीतसंगीतलाई समय दिने गरेको छु ।’
त्यसो त भुवन अमेरिका पुगेर पनि त्यहाँ थुप्रै स्टेज कार्यक्रमहरुमा देखिसकेका छन् । नेपाली गायन क्षेत्रमा छुट्टै पहिचान बनाएका भुजनले भने, ‘मलाई गीतसंगीतले मोहनी लगाएको छ । त्यसैले जहाँ भएपनि संगीत मसँगै हुन्छ ।’ उनले निकट समयमै अर्को गीत पनि सार्वजनिक गर्ने सुनाए ।

Comments