‘एन्टी हिरो’ बन्दै बाबुछोरा
screennepal
प्रकाशित: २०७६, २८ श्रावण मंगलवार
no img

एक निर्माणाधिन फिल्ममा अभिनेता भुवन केसी र छोरा अभिनेता अनमोल केसी अपोजिट भूमिकामा देखिने भएका छन् । यी बाबुछोरा अभिनेता दि सुपर काजोल फिल्मसको ब्यानरमा निर्माण हुने लागको फिल्ममा एकसाथ देखिन लागेका हुन् । त्यो पनि अपोजिट भूमिकामा ।
फिल्म ‘एन्टी हिरो’मा अनमोल केसीको मुख्य भूमिकामा रहने बताइएको छ भने अभिनेता भुवन केसी खलनायकको भूमिकामा देखिने भएका छन् । करिब तीन दशकको फिल्मयात्रामा भुवन पहिलोपटक खलपात्रमा देखिन लागेका हुन् ।
यो फिल्म हालै दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने गरी चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । जुन भुवनकै निर्माण कम्पनी हो । पछिल्लो समय यसै ब्यानरबाट ‘कृ’लगायतका केही फिल्म निर्माण भइसकेको छ । ‘कृ’ भुवन र अनमोलका लागि महत्वकांक्षी फिल्म थियो । तर, बक्स अफिसमा खाशै सफलता पाएन ।
एक्सन र लभ स्टोरी जानरामा बन्ने भनिएको उक्त फिल्मको हाल तयारी भइरहेको बताइएको छ । यसका लागि अनमोल केसीले पनि केही समय अघिबाट तयारी गरिरहेका छन् ।
अनमोल र भुवनको होम प्रोडक्सनमा बन्न लागको उक्त फिल्मका लागि अन्य टिम फाइनल भएको छैन । तर, केही सातामै अन्य कलाकार र टिम टुंगो लाग्ने निर्माण स्रोतले बताएको । हाल स्क्रिप्टको काम भइरहेको जनाइएको छ । यो फिल्मको छायाँकन दशैपछि सुरु हुने बताइएको छ ।

Comments