बुनु र शीलुको ‘वर्ष दिनको तीज’ (भिडियो)
screennepal
प्रकाशित: २०७६, २६ श्रावण आईतवार
no img

नेपाली महिलाको महान चाड तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु आइरहेका छन् । यसैक्रममा गायिका बुनु श्रेष्ठले पनि नयाँ तीज गीत लिएर दर्शक तथा स्रोतामाझ आएकी छन् । गायिका बुनु श्रेष्ठ र गायिका शीलु अधिकारीको स्वर रहेको ‘वर्ष दिनको तीज’ बोलको गीत सार्वजनिक गरिएको छ ।
रंगपत्रकार शान्ति प्रियको शब्द रहेको ‘वर्ष दिनको तीज’ बोलको गीतमा संगीत सन्तोष श्रेष्ठ रहेको छ ।गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् । गीतमा ‘वर्ष दिनको तीज आउँदा मनै रमाइलो’ भन्दै ‘अर्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल’ भन्दै दिदी–बहिनी मिलेर रमाइलो गरेका छन् । गीतको भिडियोमा सबना आचार्य र साथीहरुलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । सबिन भट्टराईको छायाँकन रहेको यस भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=HI0JmdSYSM8
Comments