सबैको प्रतिक्षा बनेको चलचित्र प्रेम गीत ३ मा थपिए यि दम्दार कलाकार..
movie desk
प्रकाशित: २०७६, २४ श्रावण शुक्रबार
no img

सन्तोष सेनको निर्माणाधीन फिल्म ‘प्रेमगीत–३’को चर्चा दिनप्रति दिन चुलिदै गएको छ । दशैं लगत्तै फ्लोर जाने यो फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाही ठकुरी मुख्य भूमिकाको लागि फाइनल भइसकेका थिए । अहिले आएर यसै फिल्मको मुख्य भूमिकामै कुशल कलाकार माओत्से गुरुङ र लक्ष्मी बर्देवालाई पनि अनुबन्धित गरिएको निर्माता सेनले जानकारी गराउनु भएको छ । 

‘प्रेमगीत–३’ को कथामा रहेका हरेक पात्रको आ–आफ्नै महत्व भएकाले फिल्ममा कुनै पनि पात्रको सम्झौता गर्न नचाहेको निर्माता तथा निर्देशक सेनको भनाइ छ । उहाँले यो फिल्ममा जीवन भट्टराई, जीवन बराल, योगिशा खत्री र शिशिर राणासमेत सशक्त भूमिकाको लागि थपिदै गरेको जानकारी गराउनुभयो ।

प्रेमगीत र प्रेमगीत–२ को तुलनामा ‘प्रेमगीत–३’ तीन गुणा बढी ब्यापक बन्नेमा कुनै दुई मत छैन । स्टारकास्टकै कारण फिल्मको चर्चा दिनप्रति दिन चुलिदै गएको छ । अहिलेको समय फाइनल भइसकेका कलाकारहरु वर्कशपमा व्यस्त छन् । त्यस्तै भर्खरै फाइनल भएका अन्य कलाकरहरु पनि चाँडै वर्कसपमा आबद्ध हुने निर्माता सेनले जानकारी गराउनु भएको छ ा

यो फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दै हुनुहुन्छ । फिल्मको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेख्नुभएको हो । यो वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ ।

Comments