‘थेत्लङ’को ट्रेलर सार्वजनिक
screennepal
प्रकाशित: २०७६, २३ श्रावण बिहीबार
no img

लिम्बू भाषाको फिल्म ‘थेत्लङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ललिपुरस्थित किरात याक्थुङ चुम्लुङमा एक कार्यक्रमबीच ट्रेलर सार्वजानिक गरिएको हो ।
चुम्लुङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङ, चलचित्रका निर्देशक किशोर सुब्बा र निर्माता मनि ताम्लिङलगायतको उपस्थितिमा ट्रेलर सार्वजानिक गरिएको थियो ।
ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित ‘थेत्लङ’ नेपाली अर्थ ‘पैचो’ हुन्छ । सिक्किमको क्याम्पसस्तरमा पढाई हुने थेत्लङ उपन्यासलाई चलचित्रमा ढालिएको हो । उपन्यासका लेखक देउमान होन्दाक लिम्बू हुन् । यस फिल्मलाई किशोर सुब्बाले निर्देशन गरेका हुन् ।
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुर्यप्रकाश चेम्जोङले गुणस्तरीय चलचित्र ल्याउन छलफल भएको र छलफल भएको बताए ।
फिल्मका मुख्य पात्र विशाल सेनेहाङले सिकिमको जाडोमा आपूmले लगायत सम्पूर्णले मेहनत गरेको बताए । थेत्लङ अरुभन्दा फरक फिल्म रहेको बताए । प्रेमकथामा आधारित फिल्म रहेको यस फिल्ममा नौलोपन दिन सकिने या नसकिने त्यो फल्म आएपछि थाहा हुने उनको भनाइ थियो ।

फिल्मको प्रस्तुतकर्ता तथा संगीतकार मनि ताम्लिङले फिल्मको नामको सन्दर्भमा उपन्यासमा लेखिएकै लेखेको बताए । आफुलाई लिम्बू फिल्म बनाउने सपना रहेको र उक्त सपना पूरा भएको बताए । यस फिल्ममा संगीतकार कुल्वा सुब्बा, पविन आङ्देम्बे रहेका छन् । त्यसैगरी मनु नेम्बाङ, विष्णु चेम्जोङ, सीता सिंगक, मनि ताम्लिङ, यादन सेर्मा, गंगा फियाक, एमएस लिम्बू, रामदुःखी आङ्देम्बेले स्वर दिएका छन् । देउमान लिम्बू होन्दोक, दिलसिंह मेन्याङ्बो, सागर केरुङ, यादन सेर्माको स्वर रहेको फिल्मका अर्का निर्माता विराज लिम्बू हुन् ।
फिल्ममा विशाल सेनेहाङ, दिव्या लिम्बु, सोनु ताम्लिङ, संगीत लिम्बू, शान्ति लिम्बू, मुनाहाङ लिम्बू, सुकवीर ताम्लिङ, शर्मिला यक्सो, सनमाया लिम्बू, हस्त लिवाङ, शरण साउदेन, सागर केरुङ, मणिराज लिम्बु, देउमान केरुङले अभिनय गरेका छन् ।

Comments