‘जाइरा’मा नम्रताको एक्शन अवतार (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७६, २२ श्रावण बुधबार
no img

नेपाली फिल्म ‘जाइरा’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा अभिनेत्री नम्रता श्रेष्ठलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
सार्वजनिक ट्रेलरमा नम्रताको प्रेम र बदलाभाव देखिएइको छ । उनले आफ्नो प्रेमीको मुत्युको बदला लिनका लागि मार्सलआर्ट प्रशिक्षण लिन्छिन् । ट्रेलरमा नम्रतासँगै सिर्जना रेग्मीको पनि एक्शन अवतारा देख्न सकिन्छ । फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शलआर्ट खेलाडीको भूमिकामा देखिने छिन् ।
आशुतोषराज श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रतासँगै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सिर्जना रेग्मी, रेमोनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा द्वन्द्व निर्देशन सम्राट बस्नेत र बाबु श्रेष्ठको छायाँकन रहेको छ । यो फिल्म ६ भदौमा प्रर्दशन हुँदैछ ।

Comments