‘साइनो’लाई पिजी सर्टिफिकेट
screennepal
प्रकाशित: २०७६, २० श्रावण सोमबार
no img

यहि २४ श्रावणबाट प्रदर्शन हुन लागेको फिल्म ‘साइनो’ले चलचित्र सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । ‘पिजी’ सर्टिफिकेट पाएसँगै अब ‘साइनो’ हेर्न १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथ लिनुपर्ने हुन्छ ।
‘साइनो’ नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् । फिल्मले ‘पिजी’ सर्टिफिकेट पाएपछि पनि निर्देशक रमेश थापाले सबै उमेर वर्गका दर्शकले निर्धक्कका साथ हेर्न सकिने बताए । उनले सेन्सर बोर्डको काम नै फिल्म हेरेर सर्टिफिकेट दिने भएकाले यसबारेमा केही नबोल्ने बताए । तर, उनले फिल्म ‘साइनो’ मौलिक तथा सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली फिल्म भएको दाबी गरे ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित ‘साइनो’मा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।
शरण थापा कार्यकारी निर्माता रहेको ‘साइनो’मा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्र साइनोलाई ब्याङ्क्वेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।

Comments