यसरी गरियो ‘मेरो आफ्नो’को इण्डक्ल्याप
screennepal
प्रकाशित: २०७६, १७ श्रावण शुक्रबार
no img

फिल्म ‘मेरो आफ्नो’को सम्पूर्ण छायांकन सकिएको छ । बिहीबार पोखरामा फिल्मको एक गीत खिच्दै इन्डक्ल्याप गरिएको हो । ३५ दिन लगाएर खिचिएको यो फिल्म पारिवारिक प्रेमकथामा आधारित छ ।
ओम साइभक्त मिडिया प्रालिका लागि श्रीराम बरालको प्रस्तुती ‘मेरो आफ्नो’लाई राजु अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, सुन्दर श्रेष्ठ, रुपा राना, नरेश पौडेल, शंकर आचार्यको प्रमुख भूमिका रहेको छ ।
फिल्मका लेखक मौनता श्रेष्ठ हुन् । लामो समयदेखि फिल्म लेखनमा सक्रिय उनले छिट्टै रिलिज डेट सार्वजनिक गरिने जानकारी दिए । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको चलचित्रमा पवन गौतमको छायाँकन, हिमाल केसीको द्धन्द, ताराप्रकाश लिम्बु र बिकास चौधरीको संगीत रहेको छ । रामजी लामिछानेको साथमा कमल राई र किरणले फिल्मको गीतमा कोरियोग्राफी गरेका छन् ।
धिरज कुमार श्रेष्ठ, निलु केसी र बसन्त शर्माको संयुक्त लगानी रहेको यस चलचित्रलाई मन्दिल श्रेष्ठले सम्पादन गर्नेछन् ।

Comments