“कबड्डी ३” को पहिलो गीत सार्बजानिक ४ घण्टा मै बन्यो भाइरल
screennepal
प्रकाशित: २०७६, ७ श्रावण मंगलवार
no img

मल्टिस्टारर फिल्म कबड्डी कबड्डी कबड्डी को पहिलो गीत रिलिज भएको छ । केही दिन अघि मात्र फिल्मको टिजर रिलिज भएको थियो । जसलाई दर्शकहरुले निकै मन पराएका थिए । निर्माण टिमले दुबो फूल्यो बोलको गीत रिलिज गरेको छ । हेमन्त राना र रितिका श्रेष्ठको आवाजमा रहेको गीतमा SD योगीको संगीत र हर्क साउदको शब्द रहेको छ । गीतमा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई मुख्यरुपमा फिचर्ड भएका छन् ।

झट्ट सुन्दा नै गीतले बजार पिट्ने अनुमान गर्न सकिन्छ । गीतमा विल्शन र उपासनाको टिकाटालो छिन्न लागेको दृश्य पनि समाबेश रहेको छ । यसले गर्दा फिल्मप्रति थप उत्सुकता जगाएको छ । नेपाली सिनेमा क्षेत्रमा सिरिजमा एउटा ब्राण्ड नै बनिसकेको कबड्डीको तेस्रो भागलाई लिएर दर्शकसंगै निर्माण टिम पनि उत्साहित रहेको छ । फिल्ममा बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललगायत कलाकारहरुलाई पनि अभियन रहेको छ ।

फिल्ममा अन्तरजातिय प्रेम सम्बन्धभित्रको अन्तरद्वन्द्वको कथामा उठान गरेको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् भने फिल्मको कथा रामबाबु र उपेन्द्र सुब्बाले तयार पारेका छन् । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा फिल्म निर्माण भएको हो । फिल्म भदौ १३ मा अल नेपाल रिलिज हुँदैछ । यता निर्माण टिमले आज रिलिज गरिएको गीतमाथि कभर डान्स प्रतियोगिता पनि आह्वान गरेको छ । जसमा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ लाख, ७५ हजार र ५१ हजार पुरस्कार घोषणा गरिएको छ ।

Comments