मिस नेपाल श्रृङ्खला खतिवडाको टर्कीको इस्तानबुलमा प्रेम
screennepal
प्रकाशित: २०७६, ५ श्रावण आईतवार
no img

सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा अहिले विदेशमा छिन् । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर उनको इन्स्टाग्रामबाट थाहा हुन्छ । तर, उनी टर्की पुगेसँगै उनको प्रेम चर्चाले नेपालमा भने राम्रै चर्चा पाइरहेको छ ।

शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु भएको हो । हुनत, शिसन र श्रृङ्खलाको प्रेम चर्चा नेपालमा चल्न थालेको पनि केही समय भयो । तर, यो बिषयमा दुबैले मुख भने खोलेका छैनन् ।

शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरुको प्रेमको चर्चा सामाजिक संजालमा फैलिएको छ । शिसन भ्ल्गर हुन् । उनले श्रृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएका भिडियो चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिने गरेकी छिन् ।

मिस नेपालहरु अहिले आफ्नो प्रेमलाई खुलाउन थालेका छन् । यही विचमा, श्रृङ्खलाले पनि टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेको हुनुपर्छ । तर, यो बिषयमा दुइले औपचारिक रुपमा केही पनि बताएका छन् ।

Comments