“प्रेम गीत ३” का बाल जोडी कस्तो छ भुमिका?
movie desk
प्रकाशित: २०७६, ३१ असार मंगलवार
no img

काठमाडौं । यो वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ मा समृद्धी शाही ‘ठकुरी’ पनि जोडिएकी छन् । फिल्ममा समृद्धीले ‘गीत’ पात्रको वाल्यअवस्थाको भूमिका निभाउने भएकी छन् । फिल्मको ‘गीत’ पात्रको बाल्यवस्थाको सुहाउँदो क्यारेक्टरको लागि लामो समयको खोज तथा अनुसन्धानपछि समृद्धी शाही ‘ठकुरी’लाई अनुबन्धित गरिएको निर्माता सन्तोष सेनले जानकारी गराउनु भएको छ ।

निर्माण पक्षले यो भन्दा अगावै फिल्मको बाल्य ‘प्रेम’को भूमिकाको लागि चर्चित बाल कलाकार अनुभव रेग्मीलाई अनुबन्धित गरिसकेको छ । अब फिल्ममा बाल्य अवस्थाका ‘प्रेम’को भूमिकामा अनुभव र ‘गीत’को भूमिकामा समृद्धी देखिने भएका छन् । दर्शकहरुले यसै फिल्म मार्फत पहिलो पटक अनुभव र समृद्धीको अनस्क्रिन रोमान्स देख्न पाउने भएका छन् ।निर्माता तथा निर्देशक सेन र अर्का निर्देशक छेतेन गुरुङले कथामा सुहाउँदो भएकाले बाल कलाकारमा एउटा सम्भावना बोकेकी नयाँ बाल कलाकारको रुपमा समृद्धी शाहीको जन्म भएको बताउनुभएको छ । साथै निर्माता सेनले फिल्म उद्योगमा समृद्धीलाई भित्र्याउन पाउँदा खुसी ब्यक्त गर्दै फिल्म ‘प्रेमगीत–३’ लाई दर्शकले चाहे अनुसारको बनाउन कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।निर्माता सेनका अनुसार समृद्धी शाही अनुबन्धित भएसँगै ‘प्रेमगीत–३’ का लागि सम्पूर्ण कलाकार लक भएको छ । यो फिल्ममा पाका कलाकार शिब श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, मनिष रावत, पुष्कर कार्की, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुङ, अनुभव रेग्मी र समृद्धी शाही मुख्य भूमिकामा देखिदैछन् ।निर्माण पक्षका अनुसार आगामी नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट ‘प्रेमगीत–३’ दर्शकमाझ रिलिजमा आउनेछ । आसुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा बन्दै गरेको ‘प्रेमगीत–३’लाई मन्दिप गौतम र छेतेन गुरुङले लेख्नुभएको हो । फिल्मलाई निर्माता सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्दै हुनुहुन्छ ।निर्माता सेनको चंखे शंखे पंखे, प्रेमगीत, प्रेमगीत–२, मेरी मामु पछिको यो पाँचौं प्रोजेक्ट हो ।

Comments